विराटनगर । लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विराटनगरमा रहेको  गोल्डेन अस्पतालको प्राबिधिक सहयोग तथा विराटनगर महानगरपालिका वडा न १९ को स्थानीय आयोजनामा  स्वास्थ्य शिबिर सम्पन्न गरेको हाे । बैजनाथपुर अस्पतालमा भएको स्वास्थ्य शिविरमा  २३५ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएको  लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलका अध्यक्ष फडिन्द्र अधिकारीले जानकारी दिए । नि:शुल्क स्वास्थ्य परीक्षणसँगै औषधि समेत उपलब्ध गराइएको थियाे ।
स्वास्थ्य शिविरमा गोल्डेन अस्पतालका  वरिष्ठ  फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. रमेश कुमार चौरासियाकाे नेतृत्वमा अन्य विभिन्न विभागका विशेषज्ञ  डाक्टरहरुले सेवा प्रदान गरेकाे अध्यक्ष अधिकारीले बताए ।  कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर बिकास  अधिकारी , लायन बन्दना पोख्रेल, कार्यक्रम संयोजक तथा क्लबका पुर्ब अध्यक्ष लायन लिला ढुङ्गेल, वडा अध्यक्ष श्याम घिमिरे, क्याबिनेट ट्रेजरर रमेश खत्री, पुर्ब अध्यक्षहरू शिव रिजाल,  हरिबहादुर श्रेष्ठ, मोहन अधिकारी,  भबिस श्रेष्ठ, बाबुराम ढकाल,  मनोहर कार्की,  बिमल नेपाल  लगायतले लायन्सले सामाजिक क्षेत्रमा गर्दै आएको कामकाे प्रशंसा गरे ।  अध्यक्ष अधिकारीले आफ्ना कार्यकालमा यस्ता धेरै खालका कामहरू गरिने प्रतिवद्वता जनाए  । उनलेे कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद ब्यक्त गरे  ।