विराटनगर । इटहरी उप महानगरपालिकामा कार्यपालिका वैठक नबसेपछि कार्यपालिका वैठक राख्न परमादेस माग्दै जनप्रतिनीधिहरु अदालत गएका छन् । इटहरी नगरपालिकाका मेयर हेमकर्ण पौडेलले कार्यपालिका वैठक नराखेको भन्दै उप महानगरका जनप्रतिनीधिहरु परामादेश माग्दै आदलत गएका हुन् ।
इटहरी उप महानगरपालिकाका १५ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिका वैठक राख्न परामादेश माग्दै उच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । यस अघि उनीहरुले भदौ २७ गते इटहरी उप महानगरपालिका कार्यलयमा कार्यपालिका वैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।
इटहरी उप महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष उमेश सुवेदीले बिभिन्न ५ वटा ऐजेण्डामा छलफल गर्नका लागि कार्यपालिका वैठक राख्न माग गरेपनि मेयरले कार्यपालिका वैठक नबोलाएको बताए ।