इटहरी । इटहरी उपमहानगरपालिकाले भोली(बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रथम नागरिक थारु जातिको सम्मान गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
थारु समुदयाले बुधबार जितिया पर्व मनाउँदै छन् । सोही अवसरमा इटहरी उपमहानगरपालिकाले अत्यावश्यक सेवा र इटहरी अस्पताल बाहेकका अन्य सेवाहरु बन्द हुने जनाएको छ ।
उपमहानगरले एक सूचना जारी गर्दै इटहरीका प्रथम नागरिक थारु जातीको संस्कृति र परम्पराको सम्मान गर्दै जितिया पर्वको अवसरमा एक दिन विदा दिने निर्णय भएको उल्लेख छ ।