विराटनगर । नेकपा एमालेले बाढी र पहिरोबाट सङ्कटमा परेकाहरूको राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै विपद् प्रतिकार्यमा जुट्न सबै नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्,‘नेकपा एमाले पार्टीसङ आबद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुन स्थापनामा सहयोग गर्न र आपत्कालीन सेवाहरूमा सहभागी हुन विशेष निर्देशन गर्दछौ ।’
एमालेले राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, सङ्घसंस्था, निजी क्षेत्र र आम नागरिक समक्ष अपिल गरेको छ । एमालेले दसैँको मुखमा राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद्का कारण मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घर परिवारहरूको पुनर्स्थापना तत्काल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछौ ।