विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिले ले बाढी पहिरोका कारण बाटो अवरोध भएर दसैँमा घर आउन नसकेका नागरिकहरूलाई दसैँमा घर आउन सक्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी काङ्ग्रेस कोशी प्रदेश समितिले प्रदेशवासीलाई दसैँमा घर आउन सक्ने वातावरण मिलाउन सरकार समक्ष माग गरेको हो । नेपाली काङ्ग्रेसले दसैँ अगावै अवरुद्ध भएका सडकहरू सञ्चालनको व्यवस्था मिलाउन माग गरेको हो । काँग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले विषम
परिस्थितिमा मृतक परिवारलाई विशेष राहतको व्यवस्था मिलाउन समेत माग गरे । पत्रकार सम्मेलनमा उनले भने,‘ पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था ,घाइतेहरु सबैको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकार सँग अनुरोध गर्दछु। ’
प्रदेश समितिले अहिलेको जटिल परिस्थितिमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई राहत उद्धारको कार्यमा सक्रिय भई लाग्न अनुरोध गरेको छ ।
काङ्ग्रेसले मुलुकमा बढ्दै गएको कालावजारी, महँगी, भ्रष्टाचार प्रति नेपाली काँग्रेस कोशी प्रदेशको गम्भीर ध्यानाकर्षण
भएको जनाएको छ । पत्रकार सम्मेलनमा काङ्ग्रेसले यसको नियन्त्रण गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।