विराटनगर । पवित्र पृथ्वी समाजले आफ्नो साधारण सभा सम्पन्न गरेको छ।  विराटनगर –३ मा रहेको समाजले    दशौँ   साधारण सम्पन्न गरेको हो । समाजसेवी तथा अर्थशास्त्री प्रा.डा. भेषप्रसाद धमला प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश राष्ट्रिय योजना आयोगका सचिव मिमांस अधिकारी तथा विराटनगर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बासु बहादुर बस्नेतले संस्थाले समुदायमा खेलेको भूमिकाको प्रशंसा गरे ।  उनीहरूले संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा लामो समयदेखि सामाजिक रूपमा काम गर्दै आएको बताए । 
प्रमुख अतिथि प्रा.डा. धमलाले संस्थाले आफ्नो स्थापना काल देखि नै प्रशंसनीय कार्य गर्दै आएको सुनाए । विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको र गत वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, अशक्त व्यक्तिहरूलाई संस्थाले सहयोग गरेकोमा प्रशंसा गरे ।  विशुद्ध सामाजिक सेवामा लागेको संस्था भएकोले समुदायमा नै संस्थाले सबैको मन जित्दै अघि बढ्न सफल भएको बताउँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे ।
साधारण सभामा संस्थाका अध्यक्ष सरद पराजुलीले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाले आगामी बर्षकोलागि असाध्यै महत्त्वाकाङ्क्षी योजनाहरू अघि सारेको छ । 
साधारण सभाका अवसरमा समाजले आठ जना ज्येष्ठ नागरिकहरूलाई लौरा वितरण गरेको छ।  विराटनगर महानगरपालिका ३ स्थायी वासी  ९९ वर्षीय कृष्ण कुमारी घिमिरेलाई अभिनन्दन गरेको छ।