विराटनगर ।  मोरङको रतुवामाई नगरपालिकामा भएको  वडा स्तरीय भलिबल प्रतियोगितामा दुई समूहले फाईलन यात्रा तय गरेका छन् ।नेपालीहरूको महान् चाड  बडा दसैँको अवसर पारेर साझा समाजले शनिवारदेखि सुरु गरेको प्रतियोगितामा सेमिफाईलनको समीकरण पुरा भएको हो ।  ६ टिम सहभागी रहेको प्रतियोगितामा वडा नम्बर ८ र वडा नम्बर १० फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ। 
वडा नम्बर ८ ले पहिलो चरणमा वडा नम्बर ५ र सेमिफाइनलमा वडा नम्बर ९ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 
यस्तै वडा नम्बर १० ले पहिलो चरणमा वडा नम्बर ९ को बी टिमलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनल चरणमा भने वडा नम्बर १० गोला प्रथाबाट फाइनल पुगेको हो ।  फाइनल खेल आइतबार ११ बजेबाट हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र उप विजेतालाई १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका अध्यक्ष प्रवेश विष्टले जानकारी दिए ।