सुनसरी । इलामको चुलाचुलीमा हात्ती लखेट्न गएका एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार इलामको चुलाचुलीमा सोमबार राति जंगली हात्तीको आक्रमणबाट चुलाचुली १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

घरनजिकै रहेको धान खेतमा आएको हात्ती लखेट्न जाँदा राईलाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । 

उनलाई उपचारको लागि तत्काल लाइफ लाइन अस्पताल दमक भर्ना गरिएको थियो । तर उपचारकै क्रममा राति पौने ११ बजे राईको मृत्यु भएको प्रहरीले जनाएको छ।