सुनसरी । झापाको अर्जुनधारामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका ३ स्थित जुंगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको हत्या गरेका हुन् ।

हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको थियो । हतियार प्रहार गरी वीरबहादुर फरार भएका थिए ।

जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।