विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले र काङ्ग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।
जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र संवृद्धि का लागि एमाले काङ्ग्रेस बिचमा गठबन्धन भएको बताए ।
उनले भने, संविधान सहमतिको दस्ताबेज भएकाले सहमतिका आधारमा संविधान संशोधन गर्न एमाले र काङ्ग्रेस बिचमा गठबन्धन भएको हो । बरालले संविधानका सबल पक्षलाई अगाडी बढाउनु पर्ने र कमजोर पक्षलाई संशोधन गर्नु पर्ने बताए । संविधानमा भएका कमजोर पक्षलाई संशोधन गरेर जाने विषयलाई प्राथमिकतामा राकेर काम भाइ रहेको बताए ।
उनले एमाले र काङ्ग्रेस बिचको गठबन्धन सरकार माथि प्रश्न उठेको भन्दै उनले ,भने २०४७ सालमै मदन भण्डारीले एमाले र काङ्ग्रेस मिलेर सरकार चलाउनु पर्ने बताउनु भएको थियो । त्यही कुरालाई आत्मासाथ गर्दै एमाले र काङ्ग्रेस मिलेर सरकार चलाइएको छ । उनले एमाले र काङ्ग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताए ।
सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ता भन्दा बाहिर रहेकालाई थुन छेक गर्ने नीति नलिएको बताए ।
उनले भने सत्तामा बसेकाहरूले पनि गल्ती गरेको भए सजायको भागीदार हुन्छन् । उनले सञ्चार जगतले नेपाली राजनीतिलाई बाटो देखाउने काम गरेको बताए । उनले भने सञ्चार क्षेत्रले बाटो बिराउनेलाई औला उठाएको बताए । उनले लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी भएको बताए । उनले अहिले लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेको बताए ।
यसै बिच विराटनगरका पत्रकार बाबुराम भण्डारीलाई यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पुरस्कारको राशि १५ हजार ५ सय रुपैयाँ रहेको छ ।
चाडपर्वहरुको अवसरमा चौतारीले हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष गुरु बरालले १५ हजार पाँच सय रुपैयाँ राशीको पुरस्कार भण्डारीलाई प्रदान गरेका हुन् ।
डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार भण्डारी उद्घोष दैनिकमा रहेर राजनीतिक, आर्थिक तथा सामाजिक अभिरुचिका विषयमा कलम चलाउँदै आएका छन् ।