विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने  बताएका छन्  । 

 छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने बताए  ।  

'सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वका माध्यमबाट प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु´, मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्व  महत्वपूर्ण मौलिक पर्व  हाे ।´

धुमधामसँग मनाइने यस पर्वले धर्म, संस्कृति एवम् रीतिरिवाजको संरक्षण गर्दै हामीबीचको आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको बताए  ।   छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति एवम् विस‌ङ्गतिको अन्त्य गरी समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । सबै प्राणीहरुमा बिना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको पूजा आरधना गर्दै छठ पर्व मनाइन्छ । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न गरिन्छ ।