सुनसरी । उदाउँदै गरेको सूर्यलाई व्रतालुले जलाशयबाट अर्घ्य चढाएपछि यस बर्षको छठ पर्व सकिएको छ । बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ चढाएका हुन् ।

कोशी प्रदेशका विभिन्न नदि, पोखरी तथा तलाउहरुमा घाटमा व्रतालुहरुले उदाउँदै गरेको सूर्यलाई अर्घ चढाएका हुन । विशेष गरी सुनसरी र मोरङको सिमाना भएर बग्ने बुढी खोला स्थित बुढीगंगाघाटमा व्रतालुहरुको ठुलो भिड लागेको छ । यस्तै मोरङको सिंघिया खोला, केसलिया खोला लगायतका घाटहरुमो व्रतालु र श्रद्धालु भक्तजनहरुको ठुलो भिड लागेको थियो । 

यी लगायतका नदि तथा तलाउ पोखरीहरुमा सूर्य देवको प्रतीक्षामा व्रतालुहरू जलाशयमा प्रसादीसहित हात जोडेर लामो समय प्रतीक्षा गरेका थिए । सूर्य देखा परेसँगै प्रसाद चढाए  हुन । अब छठ घाटबाट घर पुगेपछि व्रतालुले चढाएका प्रसाद सपरिवार ग्रहण गर्छन् ।

6


सूर्य देवता र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट बनाएको ठेकुवा चढाइन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई देवताको रुपमा विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।


सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि अटल सौभाग्य, परिवारको सुख शान्ति र पति प्रेमका लागि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।