विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० काफ्लेपाटीमा स्थानियका विचमा झडप भएकाे छ । पाथिभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो । पथिभरा दर्शन केवलकार निर्माणको आज शिलान्यास गर्ने कार्यक्रम भएको थियो । प्रहरीका अनुसार निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध भएपछि मजदुरहरुप्रतिकारमा उत्रिएका थिए । मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित हुँदै आएका छन् ।
पहिचान पक्षधरहरुले पाथिभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन् । केवलकार निर्माण भए प्रकृती नस्ट हुने बताउँदै आएका छन्। यसैबिच ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा तीर्थयात्री जान सहजताका लागि केबलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा विहान पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।