सुनसरी । नेपाली काँग्रेस युवा संकल्प यात्रा सुनसरी आइपुगेको छ ।
शुक्रवार झापाको मेचीनगरबाट सुरु भएको संकल्प यात्रा शनिवार मोरङको बेलबारी हुँदै शनिवार दिउसो सुनसरीको इटहरी आइपुगेको हो ।
यात्राका क्रममा इटहरीमा साङ्गीतिक कार्यक्रमसँगै कोणसभा समेत गरिएको छ ।
कोणसभामा बोल्ने बत्ताहरूले समसामयिक राजनीतिक विषयहरूसँगै पार्टी संगठनको अवस्था, पार्टीमा युवाहरूको सहभागिता र भावी रणनीति लगायत विषयहरूमा बोलेका थिए ।
संकल्प यात्रामा युवालाई रोजगारी, भ्रष्टाचार उन्मूलन र सुशासन, महँगी नियन्त्रण, सहकारी ठगहरूलाई कारबाही र उद्यमशीलता प्रवर्द्धनमा जोड दिइने बताए ।
यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्य रहेको दाबी गरिएको छ ।
यात्रा कञ्चनपुरको महेन्द्रनगर पुगेर टुङ्गिनेछ ।