विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले २०८४ को निर्वाचन अगावै संविधान संशोधन हुने बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकामा हुने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका पोख्रेलले विराटनगर विमानस्थलमा ८४ को निर्वाचन अगावै संविधान संशोधन हुने बताए ।
उनले संविधान संशोधन बिषय सबै राजनीतिक दलको सरोकारको विषय भएको संशोधन हुने बताए । उनले भने,‘ संविधानको स्वीकार्यता थप वृद्धि गर्न संविधान संशोधन आवश्यक रहेको छ ।
उनले राजनीतिक स्थिरतालाई केन्द्रमा राखेर एमाले र काँग्रेसका बिचमा सत्ता साझेदारी भएको भन्दै महासचिव पोख्रेलले १० वर्षमा संविधानमा देखिएका सबल र दुर्वलपक्षको समीक्षा हुने बताए ।
उनले भने संविधानको सबलता र दुर्लभताका त्यही आधारमा संविधानको सुधार हुन्छ । पोखरेलले जनताले पत्याएका र धेरै जनमत प्राप्त दलहरूले लोकतन्त्रमा शासन गर्नुपर्ने बताए ।
उनले भने,‘ यस अघि जनमत नभएका र दलहरूले जादुई नम्बरको हवाला दिएर ठुला दलमाथि शासन गरेको बताए । उनले भने अव जादुई नम्बर देखाएर जनमत पाएकाहरुलार्इृ शासन गर्न खोज्नु त्यो लोकतन्त्रमा उचित हुँदैन । ’