विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पद कोलागि उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरेका छन्  ।  नेकपा एमालेले ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीबाट घरदैलो अभियान सुरु गरेको हो । नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासलाई लिएर पालिकाका निवर्तमान अध्यक्ष शिवनारायण माझी सहित एमालेका नेता कार्यकर्ताहरू चुनावी अभियान लिएर  घरदैलोमा जुटेका हुन् । 
मङ्सिर १६ गतेको निर्वाचनमा सबै एकजुट भएर एमालेका उम्मेदवार तुलसीराम विश्वासलाई जिताउने अभियानमा अघि बढेको बताएका छन् ।  नेकपा एमाले ग्रामथानका नेता कृष्णकुमार माझीले नेकपा एमालेका उम्मेदवारलाई जिताउने अभियानमा सबै मिलेर लाग्ने बताए  । ‘आजदेखि घरदैलो सुरु भएको छ, उनले भने, सबै मिलेर लाग्दा आफ्नो उम्मेदवारले जित्ने पक्का छ।’ 
462581095_2299905367045704_116368891637012762_n
निवर्तमान पालिका अध्यक्ष तथा नेकपा एमालेका नेता शिवनारायण माझीले  १ नम्बर वडादेखि घरदैलो अभियान सुरु भएको जानकारी दिए । नेकपा एमालेका उम्मेदवारलाई जित्ने र जिताउने गरी सबै एक ढिक्का भएर लागेको बताउँदै उनले आगामी मङ्सिर १६ गते हुने निर्वाचनबाट पालिकाको नेतृत्व फेरी  एमालेको हातमा आउने  दाबी गरे । 
462576087_1099016758295714_7350625700812204510_n
घरदैलो अभियानबाट सफलताको उचाइमा पुग्ने गरी भोट माग्दै हिँडेको माझीले बताए ।  नेता, कार्यकर्ता सहित सुरु भएको घरदैलो अभियान बिहीबार नेता चोकबाट सुरु हुने छ ।   निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ भने  नेपाली काँग्रेसले घरदैलोको तयारी गरेको जनाएको छ। नेकपा माओवादीले  छलफल र भेटघाट गर्दै आएको छ।