विराटनगर । पालिकाको उप निर्वाचन कोलागि निर्वाचन आयोगले तोके बमोजिम निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भएका छन्  । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उप निर्वाचन कोलागि मोरङको ग्रामथान गाउँपालिकामा पनि कार्यालय स्थापना भएको छ ।  मोरङ जिल्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले कार्यालयको उद्घाटन गरे । कार्यालय उद्घाटन पछि उनले अब सर्वदलीय बैठक बस्ने जानकारी दिए ।   निर्वाचन कार्य तालिका अनुसार नै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोले अब  मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता २ गते गरिने जानकारी दिए ।   
nirwachan (2)
निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्ताको समय १० बजेदेखि ५ बजेसम्म गरी त्यही दिन उम्मेदवारको सुची प्रकाशन गरिने भट्टराईले बताए ।  ‘उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरी माथि छानबिन मङ्सिर ४ गते गरिने छ, उनले भने, छानबिन पछि उम्मेदवारको  नामावली  सोही दिन प्रकाशन गरिनेछ ।’  उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।  कार्यालय उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा दलका नेताहरूको सहभागिता रहेको थियो । 
nirwachan (3)