विराटनगर । नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास असफल भएपछि एमाले इलामको नेतृत्व चयनकालागि  निर्वाचन भएको थियो । निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । उनले प्रत्याशी नरेन्द्रनाथ भट्टराईलाई पराजित गरे । उपाध्यक्षमा उदय राई विजयी भएका छन् । उपाध्यक्षमा उमेश गुरुङ र बुद्धि खनाल पनि उमेद्वारा थिए । यस्तै सचिवमा रवीन्द्र सुवेदी विजयी भएका छन् । उनले प्रकाश अधिकारीलाई पराजित गरे । उप सचिवमा भने रमेश राई दिलु लावती विजयी भएका छन् । एमाले इलामको अधिवेशन बिहीबार सुरु भएको थियो । अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिति इलामका पूर्व प्रमुख हुन । सचिवमा निर्वाचित रवीन्द्र यस अघि उप सचिव थिए । 

अन्तिम मत परिणाम

अध्यक्ष 
गणेश बराल  ३८१
नरेन्द्रनाथ भट्टराई १९५ 
उपाध्यक्ष 
उदय राई २५०
उमेश गुरुङ १८४
बुद्धि खनाल १३७ 

सचिव 
रवीन्द्र सुवेदी २९२
प्रकाश अधिकारी २६८ 
उपसचिव 
छवि श्रेष्ठ १५३
रमेश राई १७९
याम बा राई १३४
मानवील लुहागुन ५६ 

उपसचिव महिला 
विष्णुमाया आचार्य २१७
दिलु लावती ३०९