विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने भन्दै ऐन निर्माण गर्ने भएको छ । बुधवार बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन भन्दै  छुट्टै ऐन बनाउनको लागि सैद्धान्तिक सहमति प्रदान गरेको भौतिक पूर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता भूपेन्द्र जानकारी दिए । सरकारले उद्योग कृषि तथा सहकारी मन्त्रालय मार्फत आएको प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावलीलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ।    त्यस्तै आयुर्वेद चिकित्सा तथा जडीबुटी सेवा शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्य योजना तर्जुमा कार्यदलको समय एक महिना थप गर्ने निर्णय सरकारले गरेको छ। तोकिएको समयमा काम नसकिएको भन्दै सरकारले कार्यदलको समय थप गरेको हो ।