सुनसरी- बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि भन्दै कोसी प्रदेशका तीन जिल्लामा आजबाट यात्रु बाहक सवारी साधनको लागि टाइम कार्ड लागु गरिएको छ ।
कोसी प्रदेशमा तथा भावी तीव्र गतिमा गुड्ने सवारी साधनको गति कम गर्नका निम्ति शनिवारबाट टाइम कार्ड लागू गरिएको हो । मोरङको सुन्दरहरैचा ७ स्थित गछिया चौकमा एक कार्यक्रमको आयोजना गरी कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी चन्द्र कुबेर खापुङले टाइम कार्डको सुरुवात गरे ।
पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको कांकडभिटादेखी कोसी ब्यारेज र कोसी राजमार्गको विराटनगरदेखि धरानसम्म रुटमा चल्ने यात्रु बाहक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइम कार्ड लागु गरिएको हो ।
टाइम कार्ड अनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्क सम्मको २४ किलोमिटर दुरीका लागि ४५ मिनेटको समय अवधि तोकिएको छ भने इटहरीदेखि धरानसम्म २० किलोमिटर दुरीको लागि ३८ मिनेटको समयअवधी तोकिएको छ ।
काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दुरीको लागि ३० मिनेट समय निर्धारण गरिएको छ ।
झापाको केर्खादेखी मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दुरीको लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।
‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पिड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।