विराटनगर । कोशी प्रदेशका एक पालिका सहित ७ वडा अध्यक्षको लागि भएको उप निर्वाचनमा ४६ प्रतिशत मत खसेको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका ७ पदको उप निर्वाचन जारी रहँदा १ पालिका सहित ७ वडा अध्यक्ष कोलागि मतदान जारी छ । पछिल्लो विवरण अनुसार कोशी प्रदेशका आठ पदको लागि भएको निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 
कोशी प्रदेशका ६ जिल्लाका ७ वडाध्यक्ष पदका लागि ५५ जना प्रतिस्पर्धामा रहेका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ३ को वडाध्यक्ष पदका लागि ५ जना, झापाको कनकाई नगरपालिका ६ को वडाध्यक्ष पदका लागि ९ जना, तेहृथुमको लालीगुराँस नगरपालिका ८ को वडाध्यक्ष पदका लागि ७ जना, सुनसरीको गढी गाउँपालिका ६ को वडाध्यक्ष पदका लागि १२ जना, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्ष पदका लागि ६ जना, उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्ष पदका लागि ९ जना र बेलका नगरपालिका ९ को वडाध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । 
nirwachan (3)
स्थानीय तह उपनिर्वाचनमा कोशी प्रदेशका २१ वटा मतदान स्थल र ४९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २ सय ९४ जना कर्मचारी खटाएकी प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । उपनिर्वाचनमा २१ हजार ५ सय ८४ जना पुरुष र २१ हजार ४ सय ५७ जना महिला गरी ४३ हजार ११ जना मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख चोलाराज दङ्गलले जानकारी दिए ।
nirwachan (1)
ग्रामथानमा ५५प्रतिशत
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि जारी मतदानमा ५५ दशमलव ५ प्रतिशत मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले दिउँसो २ बजेसम्म १४ हजार ५४३ खसेका जानकारी दिए  । 
nirwachan (4)
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ । ग्रामथान उपनिर्वाचनमा १५ वटा राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।