विराटनगर । काँग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिका माओवादीले जित निकालेको छ । प्रतिनिधि सभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन ।

यस पटक भने काँग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझीको मतगणना नसकिदै विजयी सनिश्चित भइको हो । निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले  माओवादी ६ हजार ९७९ मत ल्याएर विजयी भए  ।

कांग्रेसका  काँग्रेसका बलराम सरदारले ५ हजार ३३३ मत पाएका छन् । २०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४हजार १५९ मत पाए । 

मोरङको ग्रामथान गाउँपालिका तत्कालीन बनिगाँमा, मोतीपुर, लखन्तरी, झोराहाट, तेरीयता गाविस मिलेर बनको हो । मोरङको क्षेत्र नम्बर ४ मा पर्ने सो पालिका समेत रहेको छ । यहाँबाट लगातार अमनाल मोदी विजयी हुँदै आएका छन् । त्यो भन्दा पहिला भने काँग्रेस नेता महेश आचार्यले निर्वाचन जित्दै आएका थिए । 

७९ को निर्वचनमा एमालेको ६ हजार ७६३ मत ल्याएको छ । उपाध्यक्षसमेत एमालेले जितेको ग्रामथानमा वडामा आएको मत हेर्दा काँग्रेसले दोस्रो मत पाएको छ । काँग्रेसको ५ हजार ५३७, माओवादी केन्द्रको २ हजार ६६५ मत आएको थियो ।

०७४ मा पालिका अध्यक्ष एमालेले जितेको थियो । ०७४ मा एमालेका शिवनारायण माझी थारुले चार हजार ७२०, मधेसी जनअधिकार फोरम, नेपाल ९लोकतान्त्रिक० का जयप्रकाश गच्छदार थारुले चार हजार ६६१ र काँग्रेसका कृष्णकुमार सरदार थारुले तीन हजार १४३ मत प्राप्त गरेका थिए ।