काेलकता । काेशी प्रदेशकाे पर्यटन प्रवर्द्धनकालागि काेशी प्रदेश सभाबाट चार जना प्रदेश सभाका सांसद काेलकता छन् । काेशी प्रदेश सभाका सदस्यहरू ललिताकुमारी चाैधरी, सुनिताकुमारी गच्छदार, राधाकृष्ण खनाल र सुनिताकुमारी गुरूङ काेशी प्रदेश सरकारकाे प्रतिनिधित्व गर्दै काेलकाेता पुगेका हुन् ।
शुक्रबारदेखि भारतकाे पुरानाे सहर काेलकतामा शुरू भएको हिमालयन ओरेन्ज टुरिजम फेस्टिभलकाे शुभारम्भकाे क्रममा त्यहा पुगेका प्रदेश सभा सदस्यहरूले काेशी प्रदेश कृषि, पर्यटन, साँस्कृतिक र पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्न सकिने बताए । नेपालकाे भन्दा बढी जनसंख्या रहेको काेलकतामा यस्ता पर्यटन प्रवर्द्धन गर्नकालागि धेरै कार्यक्रमहरू गर्न सकिने बताए । काेशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालले काेलकताकाे ५ प्रतिशत पर्यटक मात्रै काेशी प्रदेश भ्रमण गराउन सकिने ठुलाे उपलब्धि हुने रहेकाे उल्लेख गरे ।
एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमकाे आयोजनामा प्रत्येक दुई बर्षमा काेलकतामा हिमालयन ओरेन्ज फेस्टिवल हुँदै आएको छ । नेकपा एमाले काेशी प्रदेश संसदीय दलका सचेतक सांसद ललिताकुमारी चाैधरीले नेपाली कला संस्कृति प्रचार प्रसार गर्ने थलाे भएको बताइन । काेशी प्रदेशले याे सुन्तला महाेत्सवबाट कृषिसँग सम्बन्धित धेरै धेरै बंगाली पर्यटक कृषि पर्यटन सँग जाेडेर भित्र्याउन सक्ने बताइन् । सांसद सुनिताकुमारी गुरूङले काेलकता ल्याईएकाे सुन्तलासँगै एभाेकाडाे, किवी, काेदाेकाे सेल अहिले महाेत्सवमा बंगालीहरूकाे प्राथमिकतामा परेको देख्दा खुसी लागेको बताइन् । `हामी निक्कै उत्साहित भयाैँ, उनले भनिन्, हामीले हाम्राे परम्परागत खाना र उत्पादनकाे यस्तै प्रसार गर्नु आवस्यक छ ।´ सांसद सुनिताकुमारी गुरूङले सुन्तला महोत्सवले भारत, नेपाल र भुटानवीच आपसी सहकार्यबाट उत्पादनकाे बजारीकरणमा सहयाेग पुग्ने नबताइन् । काेशी प्रदेश सरकारले काेशी प्रदेश सरकारले घाेषणा गरेको भ्रमण बर्ष २०८२ सँग जाेडेर हिमालयन ओरेन्ज फेस्टिवललाई प्रचार गर्ने थलाेकाे रूपमा लिएको छ । कार्यक्रममा काेशी प्रदेश सरकारकाे समेत सहयाेग रहेको छ ।
कोलकाताको सल्टलेक सिटी सेन्टर क्षेत्रमा तीन दिनसम्म जारी रहने महोत्सवमा नेपालका होटल, होमस्टे ब्यवसायी, किसान, कलाकार लागायत २ सय जना सहभागी छन् ।