विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताएका छन् । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने उनले बताए । प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उनले यसबाट सम्वृद्धि हासिल गर्न सकिने समेत जनाए ।

‘पर्यटनबाट विकास सम्वृद्धि हासिल गर्न सकिने भएकाले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘अब वार्ता र संबादबाट सबै कुरा हल गर्दै पर्यटन प्रर्वद्धनमा लागौँ’।

सो कार्यक्रममा स्वीस सरकारकी राजदूत डा। डेनियल म्युउल्यीले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरु खोजी हुने बताइन् । उनले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताइन् ।


कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो ।

स्वीस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेृर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ ।

यो परियोजना अन्र्तगत चियाबारी पदमार्ग (इलाम फिक्कल श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम) लालीगुराँस पदमार्ग (तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङ्डाँडा) रहेका छन् ।

कोशी प्रदेश सरकारका अनुसार यो पदमार्ग परियोजनाले कोशी प्रदेशको सम्वृद्धि र विकासका लागि सहयोग पुग्नेछ ।