विराटनगर । माेरङकाे पत्रकारिताकाे सात दशक स्मारिकाकाे विमाेचन गरिएको छ । नेपाल पत्रकार महासंघ माेरङले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि स्मारिका बिमाेचन गरिएको हाे ।
नेपाल पत्रकार महासंघ माेरङको नयाँ कार्य समितिको लागि निर्वाचनकोलागि मनाेनयन दर्ता हुँदैगर्दा माेरङकाे पत्रकारिताकाे सात दशकमा भएको इतिहासलाई स्मारिकामा समाबेश गरिएको छ ।  महासंघ माेरङका पूर्व अध्यक्षहरू दिपक दाहाल, माेहन भण्डारी, शिवबहादुर कार्की, महेन्द्र विष्ट र बन्धु पाेखरेलले संयुक्त रूपमा पुस्तककाे बिमाेचन गरे ।  स्मारिकाकाे सम्पादक कुमार लुइँटेलले पुस्तक निकाल्नकाे लागि झण्डै एक बर्ष लागेको बताए  । माेरङकाे इतिहास बाेकेकाे स्मारिका १९८ पेजकाे रहेकाे छ ।
महासंघका पूर्व अध्यक्ष माेहन भण्डारीले २९ वटा बिषय समेटिएको स्मारिकामा हिजाे के कस्ताे भएको थियाे नयाँ पुस्तालाई जानकारी दिनकाे लागि स्मारिका महत्त्वपूर्ण दस्तावेजकाे रूपमा आएको बताए  ।  नेपाल पत्रकार महासंघको लाेगाेकाे महत्वकाे बारेमा विधानमा नै ब्यवस्था गरेर जानुपर्नेमा जाेड दिए ।