विराटनगर । ग्रामीण नागरिकको आँखा सम्बन्धी समस्याको पहिचान तथा उपचार कोलागि लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले दुर्गममा आँखा शिविर आयोजना गरेको छ। पाँचथर जिल्लाको याङ्वरक गाउँपालिका १ मा तीन दिने आँखा शिविर आयोजना गरिएको हो । लायन्स क्लब अफ विराटनगर सेन्ट्रल, नेत्र ज्योति सङ्घ मोरङ, याङ्वरक गाउँपालिका र पाथीभरा परामर्श सेवा केन्द्रको संयुक्त आयोजना शिविरको आयोजना गरिएको हो । याङ्वरक गाउँपालिका स्थित च्याङ्थापु स्वास्थ्य चौकीमा सञ्चालित मोतियाबिन्दुको अप्रेसन सहितको ३ दिने निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष फडिन्द्र अधिकारीले जानकारी दिए ।  अस्पतालको पहुँचबाट टाढा रहेका, लामो समयदेखिको आँखाको समस्या तथा मोतीबिन्दु भएका बिरामीहरूले सेवा लिएको अध्यक्ष अधिकारीको भनाई छ । ‘अहिले पनि ग्रामीण जनजीवन अस्पताल र स्वास्थ्य सेवा भन्दा धेरै टाढा रहेका छन्, उनले भने, त्यस्ता नागरिकसम्म पुग्नु हाम्रो पनि दायित्व भएकोले दुर्गम गाउँलाई रोजेर आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई लक्षित गरी शिविर आयोजना गरिएको हो ।’ शिविरमा आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई परामर्श तथा मोतीबिन्दुका समस्या भएकाहरूको सामान्य अप्रेसन गरिएको  शिविरमा ६ सय जनाले सेवा लिएकोमा ५० जनाकाे सल्यक्रिया गरिएको नेत्रज्योति  संघ मोरङ्का सचिब तथा लायन्स ईन्टरनेशनल डिस्ट्रीक्ट ३२५ सी का भिजन चिफ बाबुराम ढकालले जानकारी दिए। स्थानिय संयाेजक पाथिभरा परामर्श केन्द्र तथा प्रस्ताबित ज्ञानेन्द्र हिङमाङ ट्रस्टका सस्थापक उमेश नेपालीले यस्ता अभियानलाई निरन्तरता दिइनुपर्ने बताए ।