विराटनगर । नेकपा माओवादीको केन्द्र धरानको  अध्यक्षमा उद्धव लिम्बु निर्वाचित भएका छन् । सहमतिमा अध्यक्ष छान्न तीन दिन सम्म रस्सा कस्सी चलेपछि माओवादी  धरान उपमहानगर अधिवेशनले नगर  लिम्बुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिवार सुरु भएको अधिवेशन अध्यक्ष छान्न सकस भएपछि सोमबार सम्म लम्बिएको थियो । अधिवेशनले ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरे पनि अध्यक्ष पदमा सहमति जुटेको थिएन ।  सोमबार राती केन्द्रीय, र प्रदेश तहका नेताको पहलमा लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष सिपी बजगाईँलाई निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षहरूमा सुवास खवास, शेष कुमारी घिमिरे, सञ्जुहाङ साँवालाई चयन गरेको छ । अधिवेशनले सचिव भूपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज, कोषाध्यक्ष मिक्मा भोटेलाई चयन गरेको हो ।  अधिवेशनले . सम्फर तामाङ, जीवन राई, मङ्गल सिंह लिम्बु, चन्द्र कुलुङ्ग, आकाश लिम्बु, गेल्वु शेर्पा, बुद्रोस लिम्बु, केशव रिजाल, उद्धव राई, राम खाती, तिलक पौडेल, बम बहादुर तामाङ, देव राई, मो.ईस्तयाज मुस्लिमलाई सदस्यमा चयन गरेको छ ।
यस्तै डम्बर कुमारी देवान, मिना कुमारी राई, बन्दना राई, कृपा राई, कमला बस्नेत, लक्ष्मी रहपाल, विशाल राई, रविन श्रेष्ठ, ऋतुवर्ण राई, दीपक घिसिङ, छोजुङ शेर्पा, शारदा मास्के, तारा राई, राधिका गजमेर सदस्यमा निर्वाचित भएका छन् ।