सुनसरी । इटहरीमा हुने नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । मंगलबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी पुस ६ देखी ८ गतेसम्म हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइएको हो ।
महाधिवेशनको पुस ६ गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने माहाधिबेशन आयोजक समितिका निर्देशक दिपक ढकालले जानकारी दिए ।
इटहरी जेसीजको आतिथ्यतामा जनता स्कूलको खेल मैदानमा हुने राष्ट्रिय माहाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
महाधिवेशनमा देशभरका नेपाल जेसीजका १७८ शाखाबाट २ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन भने १ हजार २ सय ४६ जना मतदाताले बर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछन ।
उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा इटहरी जेसीजका अध्यक्ष सुमन सुबेदीले बताए ।
महाधिबेशनमा शान्ति पदयात्रा, धार्मिक तथा पर्यटकीय क्षेत्रको दृश्यावलोकन, प्रकरण गोष्ठी, वक्तृत्वकला पूर्व शाखा अध्यक्षको लागि ब्याडमिण्टन प्रतियोगिता, र बार्षिक साधारणसभा हुने भएको छ ।
माहधिबेशनको लागि प्रदेश सरकार स्थानीय सरकार, रजिष्टेसन र ब्यवशायिक प्रतिष्ठानबाट खर्चको प्रबन्ध मिलाइने ढकालले बताए । महाधिबेशनमा पूर्वको बाहुनडांगी जेसीजदेखी पश्चिमको महेन्द्रनगर जेसीजहुदै अछाम जेसीज सम्मको शाखाबाट आएका प्रतिनिधिहरुलाई राख्न भेडेटारदेखी बिराटनगरसम्मका २ सय वटा गुणस्तरिय तथा ब्यवस्थित होटेलहरुको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०८२ लाई सार्थकता दिदै स्थानीय पर्यटन तथा ब्यापार प्रवद्र्धनका लागि माहाधिबेशन स्थलमा ५० वटा स्टल राखिने भएको छ । महाधिबेशन सम्पन्न गर्न करिब ३ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।