विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ (ख) प्रदेश सभाको कोषाध्यक्षमा प्रविण जोशीलाई मनोनयन गरेको छ । 

नेपाली काँग्रेसका युवा नेता जोशीलाई नेपाली कांग्रेसको विधान १० को उपदफा (७) बमोजिम मनोनयन गरिएको मोरङ क्षेत्र नं. ६ (ख) प्रदेश सभाले जनाएको छ । 

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ (ख) प्रदेश सभाका सभापति मधुबाबु तिवारी र सचिव माधव राजभण्डारीले विज्ञप्ति जारी गरी जोशीलाई कोषाध्यक्षमा मनोनयन गरेको जानकारी गराएका छन् ।

जोशी गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष समेत हुन । यस्तै जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको भन्सार संयोजक भएर काम गर्दै आएका छन् ।