विराटनगर । मर्नींगवकमा निस्किएकी युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।

मोरङको जहदा गाउँपालिका घर भएकी युवती बाँस घारीमा हात खुट्टा बाँधिएको अवस्थामा हिजो दिउँसो फेला परेकी थिइन् । उनी मङ्गलवार बिहान मर्निंगवकमा निस्किएकी थिइन् । 

उनको मुखमा समेत पट्टी बाँधिएको थियो । उनलाई मर्निंगवकमा हिँडेका बेला बन्धक बनाएर  सामूहिक बलात्कार भएको खुलेको मोरङ प्रहरीले जनाएको छ  ।

अर्ध चेत अवस्थामा  बाँस घारीमा फेला परेकी युवतीको बयानका अधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।  युवती मोरङका कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी थिइन् ।