इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज इटहरीमा प्रदर्शन गर्दै छ । भ्रष्टाचार र कुशासनको विरोधमा भण्डाफोर कार्यक्रम भन्दै राप्रपाले इटहरीमा विरोध सभाको आयोजना गरेको हो ।
सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, ज्ञानेन्द्र शाही लगायतका नेताहरूले सम्बोधन गर्ने छन् । राप्रपाको शक्ति प्रदर्शनको रूपमा लिएको विरोध सभा अघि तीन स्थानबाट र्याली निकाल्ने तयारी भएको छ । र्यालीको अगुवाइ राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही लगायतका नेताहरूले गर्ने राप्रपा कोशी प्रदेशका प्रवक्ता विजय राउतले बताए ।
राप्रपाले इटहरीसँगै देशै भरी विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । हिन्दु राज्य र सङ्घीयताको विरोधमा सडक र सदनमा विरोध गर्दै आएको राप्रपाले भ्रष्टाचार बढेको भन्दै विरोध सभाको आयोजना गर्न लागेको हो ।
राप्रपाको कार्यसम्पादन समितिको बैठकले एमाले कांगेस नेतृत्वको सरकारका कारण मुलुक अस्तव्यस्त हुँदै गएको समेत निष्कर्ष निकालेको थियो । निष्कर्षसँगै राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णयसमेत गरेको हो । ।