झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई जोडेर गलत प्रचार गर्ने प्रयास भएको बताएका छन् । झापाको गौरिगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सुशासनको लागि पार्टीले उठाएको एजेन्डालाई कमजोर बनाउने प्रयास गर्नेहरूले माओवादी पार्टी र नेतृत्वसँग अनावश्यक विषय जोडेको आरोप लगाएका हुन् ।
सुशासनको आन्दोलन तुहाउने षड्यन्त्र स्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको दाबी गरे । प्रचण्डले शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउन आग्रह गरे ।
सरकारी जग्गा हडप्ने दलालविरुद्धको कारबाही अभियान माओवादी नेतृत्वको सरकारले थालेको दाबी गरेका प्रचण्डले शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउन आग्रह गरे ।
आफू सरकारमा हुँदा गरेको काममा समय खर्चिएका प्रचण्डले भ्रष्टाचार विरोधी अभियान आफ्नो अभीष्ट रहेको उल्लेख गरे ।