विराटनगर । कोशी प्रदेश जेष्ठ नागरिक महासंघको दोश्रो अधिवेशनले दाेस्राे कार्यकालको लागि मणिकुमार अर्ज्याललाई निर्वाचित गरेको छ ।
विराटनगरमा साेमबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा धनकुटाका कृष्णभागवत श्रेष्ठ, उपाध्यक्षमा झापाका भगिरथा चापागाँइ, महासचिवमा माेरङका यज्ञेश्वर निरौला, सचिवमा झापाका जयप्रसाद संग्रौला र कोषाध्यक्षमा पाँचथरका राधिका थापा निर्वाचित भएका छन् ।
सदस्यहरुमा देवी बाँस्कोटा , हरिकृष्ण श्रेष्ठ, दुर्गाबहादुर न्यौपाने, कृष्णबहादुर कटुवाल, उद्धवचन्द्र आचार्य र कोमल निरौला रहेका छन् ।
न्हबअधिवेशनमा महासंघको आर्थिक तथा प्रगतिको समीक्षा गरिएको थियो । अधिवेशनले जेष्ठ नागरिकका अधिकारको प्रत्याभूतिका लागि आगामी कार्यदिशा समेत पारित गरेको छ ।
अधिवेशनका अवसरमा महासंघको कार्यालय भवन निर्माणका लागि विराटनगर–१ पोखरियामा रहेको एक कठ्ठा एक धुर जग्गा दानगर्ने विराटनगर ५ का सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । जेष्ठ नागरिक जिल्ला संघ इलामलाई कार्यक्रममा सम्मान गरिएको छ ।अधिवेशनमा ओखलढुङ्गा र भोजपुर बाहेका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको महासंघले जनाएको छ । कोशी प्रदेश जेष्ठ नागरिक महासंघको दोश्रो अधिवेशनको उद्घाटन विराटनगर महानगर प्रमुख नागेश कोइरालाले गरे ।