विराटनगर । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री भएर आएपछि मन्त्रालयले गरेको कार्य प्रगति र उपलब्धिकाे बारेमा पत्रकार सम्मेलन गरी मन्त्रीले जानकारी गराएका थिए ।
केही ऐन र नीतिगत निर्णय गरेर मात्रै कार्यान्वयन गर्न सकिने भएकोले लामाे समयसम्म कार्यविधि र नीतिगत ब्यवस्था गर्न लागेको बताए ।
सहकारी क्षेत्रकाे समस्या समाधान गर्नकाे लागि सहकारी संस्थाहरूकाे सफ्टवेयर प्रयाेग सम्बन्धि कार्यविधि पारित भएसँगै १७ वटा सफ्टवेयर कम्पनी सुचिकृत भएको मन्त्री हाङ्गामले जानकारी दिए । उनका अनुसार १ हजार ३ सय सहकारीहरूले सफ्टवेयरमा जाेडिएका छन् ।  मन्त्री हाङ्गामले १०० दिने कार्य प्रगतिमा संकटग्रस्त सहकारी समस्या समाधान गर्न केही प्रदेश ऐनलाई संशोधन गर्न बनेकाे अध्यादेशबाट समिति गठन गर्ने बाटाे खाेलेकाे उल्लेख गरेका छन् । `संकटग्रस्त सहकारीको समस्या समाधान गर्नकाेलागि ब्यवस्थापन समिति गठन गर्ने प्रक्रिया अघि बढेकाे छ, मन्त्री हाङ्गामले भने, मन्त्री परिषद्ले पुस १८ गतेकाे बैठकबाट समिति गठन भईसकेकाे छ ।´
मन्त्रीले याे अबधिमा १० स्थानीय तहलाई खाेरेत मुक्त बनाउन जेनिङ सहित खाेप कार्यक्रम संचालनमा रहेकाे,  खाेरेत राेग आयाेजना संचालन कार्यविधि बनेकाे, कृषि ब्यवसाय संचालन कृषि अनुदान कार्यक्रम तथा सहुलियतपूर्ण कृषि कर्जा संचालनमा रहेकाे जानकारी दिए ।
पत्रकार सम्मेलनमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सरणकुमार पाण्डेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको बताए  ।  बजेट कार्यान्वयन गर्न केही प्राविधिक समस्याहरू देखिएपनि अब समाधान भएर गएको बताए ।

Messenger_creation_5E19525A-02D3-4FD0-8228-E0D66C33DA2CMessenger_creation_4F1AB8DF-46E5-40D6-B0B2-16FEB69DA73EMessenger_creation_9D4D02DE-1A02-49E7-815C-8D30D2C0BFED