सुनसरी– नेकपा एमालेबाट पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका नेता भीम रावल उद्धघाटन गर्ने भनिएको गोल्डकप स्थगित गरिएको छ । सुनसरीको बराहक्षेत्र ५ कालाबञ्जरमा आजबाट सुरु हुने भनिएको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिता स्थगित गरेर दुई दिनपछी सारिएपछी उद्धघाटन गर्न पुगेका नेता रावल त्यत्तिकै फर्किएका छन ।

आयोजक भरौल भेट्रान क्लबले प्राबिधिक कारण देखाउदै गोल्डकप गयराती सारेको थियो । क्लबले मैदान व्यवस्थापनको काम नसकिएकाले उद्घाटन सरेको बताएपनि रावल उक्त कार्यक्रममा सहभागी हुन भन्दै पुगेका थिए ।  गोल्डकपको उद्धघाटन आयोजकले सारेपछी रावल सोही वडामा रहेको चतरा बचत तथा रिण सहकारी संस्थाको बार्षिक साधारणसभामा सहभागी हुने बताएको थियो । तर उक्त कार्यक्रममा पनि रावल सहभागी भएन । उनी त्यहीको एक होटलमा सामान्य भेटघाट गरी फर्किएको सुरक्षा श्रोतले जनाएको छ । एक सुरक्षा अधिकारीले भने – अन्तराष्टिय आमन्त्रण भरौल भेटान गोल्डकप फुटबल प्रतियोगिता उद्धघाटन गर्न रावल आउनु हुने हिजै दिउसो जानकारी आएको थियो, सोही अनुसार हामीले सुरक्षा ब्यवस्था मिलाएका थियौ तर कार्यक्रम नहुने जानकारी आयो ।

यसअघि रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका थिए ।

रावललाई स्वागत गर्न एकीकृत समाजवादीका केन्द्रिय सदस्य वसिम आलाम नेतृत्वको समूह र राजसंस्था फर्काइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका सतिस पोख्रेलको समूह  विराटनगर बिमानस्थल पुगेको थियो ।