विराटनगर । विहानै भुकम्पको धक्का महसुस भएको छ। मंगलवार बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्वी नेपाल सहित धेरै भागमा भुकम्पको धक्का महुसस भएको हो । कोशी प्रदेश सहित  काठमाडौँ उपत्यकामा समेत भुकम्पले हल्लाएको हो । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।  त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।घर भित्र रहेका नागरिकहरु दौडिएर बाहिर निस्किएका थिए । स्थानीयका अनुसार बिहानै आएको भुकम्पले लरक लरक हल्लाएको थियो । ७ म्याग्निच्युटको भुकम्प गएको हुनसक्ने अनुमान गरिएको छ ।