विराटनगर । ठगीको आरोप लागेका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पाेखरेलका पूर्व स्वकीय अनिलकुमार पोखरेललाई पक्राउ परेका छन् । साेमबार पक्राउकाेलागि अनुमति लिएकाे प्रहरीले आज विहान विराटनगरबाट पक्राउ गरेको हाे । पाेखरेललाई आजै अदालतमा म्याद थप गर्ने तयारी गरेकाे माेरङका एसपी नारायण चिमरियाले जानकारी दिए ।
पोखरेलले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका बौवालाल चौधरीसँग एमबीबीएसमा छाेरीकाे नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको आराेप लागेको छ ।