सुनसरी । पांचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता माघ ५ गते देखी हुने भएको छ । आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पत्रकार सम्मेलनको आयोजना गरी माघ ५ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । एक सातासम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा आयोजक टिम हाम्रो इटहरी भेट्रान क्लब, टिवाइएफसी विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, राजा रानी भेट्रान धनकुटा, दमक लखनपुर भेट्रान झापा, पूर्वेली भेट्रान झापा, सिमरा भेट्रान बारा र बर्मिक नाम्फिङ भेट्रान क्लब सिक्किम भारत बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष निर्मल तामाङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न कूल ६ लाख लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।