विराटनगर । सहारा नेपाल साकोस सेवा केन्द्र कर्सीयाबाट सञ्चालित ज्योति सहारा महिला समूहले ८औँ राष्ट्रिय भक्का दिवस धनपालथान ६, दादरवैरियामा मनाएका छन् ।  राजवंशी समाज विकास, जिल्ला कार्य समितिको समन्वयमा आयोजित कार्यक्रममा  ज्योति सहारा महिला समूह कि अध्यक्ष लीलादेवी राजवंशीले गरेकी थिइन् । 
धनपालथान  गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहम्मद हुसेन,  सरस्वती मा.वि.का प्रधानाध्यापक श्याम साह, धनपालथान स्वास्थ्य चौकी इन्चार्ज डिल्लीराम श्रेष्ठ र सहारा नेपाल साकोस अनुगमन कार्यालय विराटनगरका प्रमुख ओम प्रकाश साह लगायतले महिला समूहले आयोजना गरेको भक्का दिवसको चर्चा गरेका थिए । 
WhatsApp Image 2025-01-13 at 4.48.57 PM
आफ्नो संस्कृति र मौलिकतालाई जोगाउने उद्देश्यका साथ आयोजना गरिएको भन्दै यसको प्रवर्द्धनमा जोड दिनु पर्ने बताए । 
सहारा नेपाल साकोस अनुगमन कार्यालय विराटनगरका प्रमुख ओम साहले भक्का राजवंशी समुदायको परिकार रहे तापनि सबै नेपालीले मन पराउने गरेको बताए ।   राजवंशी समुदायको चुलोमा मात्र सीमित रहेको भक्का क्रमशः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेको बताए । 
ज्योति सहारा महिला समूहले पहिलो पटक भक्का दिवस मनाएको हो ।  ज्योति सहारा महिला समूहका सचिव सुनिता राजवंशी र नियन्त्रक सुलोचना पासवानले  पहिलो वर्षको भक्का दिवस नै भव्य भएको बताए । आगामी वर्षदेखि यसको प्रचार प्रसारलाई व्यापक बनाउने उनीहरूको भनाई छ । WhatsApp Image 2025-01-13 at 4.44.30 PM (3)