विराटनगर ।  झापामा भएको बस दुर्घटनामा ११ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा आज बिहान  नागरिक बस दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।  काँकडभिट्टाबाट धरान तर्फ गइरहेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस अनियन्त्रित भई पल्टिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 
प्रहरीका अनुसार, घाईतेहुनेहरुको  टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेहरूलाई तत्काल उपचार कोलागि  बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको छ।  घाइते हुनेहरुमा  विराटनगर ३ का गुणा कोइराला,  दीपा निरौला,  विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर ४ का शर्मिला कोइराला, झिलझिलेका टङ्क सिवाकोटी,  विराटनगरका आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी  र कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन् । घाइते मध्ये केहीको अवस्था सामान्य रहेका छन् । 
बसका चालक झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। 
घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेबाट करिब २ किलोमिटर पश्चिम पर्छ।