विराटनगर । आज भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । वि.सं. १९९० साल माघ २ गते गएको महाभूकम्पको  सम्झनामा यो दिवस मनाउने गरिएको  छ । दिवसको अबसरमा भूकम्पबाट बच्ने उपायहरू, त्यसले पार्ने प्रभाव, भूकम्प आउँदा अपनाउनु पर्ने सावधानी लगायतको बारेमा अन्तरक्रिया, नमुना अभ्यास लगायतका कार्यक्रमहरू हुँदै आएका छन्  । यसैबिच विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ  । सङ्घीय सरकार अन्तरगतको जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका र कोसी प्रदेश सरकार अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम गर्दै छन्  । मन्त्रालयले   ११ बजे मन्त्रालय मै कार्यक्रम आयोजना गरेको कोसी प्रदेश सरकार मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।  उनका अनुसार प्रदेश सरकारले सचेतना मूलक कार्यक्रम गनेछ ।