विराटनगर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश अध्यक्ष निलम्बनमा परेका छन्  । पूर्व महामन्त्री डा. मुकुल ढकालको पक्षमा बोल्दै आएका रास्वपाको केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोसी प्रदेश अध्यक्ष राजेश तिम्सिना निलम्बनमा परेका हुन् ।  पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन तिम्सिनाले माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए ।  सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो । 
तिम्सिनालाई कारबाहीको लागि भन्दै इटहरीमा बसेको बैठकले कारबाही गर्न नसकेपछि केन्द्रीय समितिले अनुशासनको कारबाही गरेको हो । रास्वपाको अनुशासन समितिका संयोजक डा. भरत मणि देवकोटाले तिम्सिनालाई निलम्बन गरेको पत्र पठाएका हुन् । आफूमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको देवकोटाले पठाएको निलम्बन सम्बन्धी पत्रमा उल्लेख गरिएको तिम्सिनाले जानकारी दिए ।  शुक्रवार पत्र प्राप्त भएको बताएका तिम्सिनाले नेपाल खबरलाई जानकारी दिए ।