विराटनगर । ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्काउट दलको दुई दिने विन्टर क्याम्प सुरु भएको छ । तालिम पछि दीक्षित भएका स्काउटका विद्यार्थीहरूको लागि नेपाल स्काउट सरस्वती माध्यमिक  विद्यालय स्काउट दलको आयोजनामा दुई दिने विन्टर क्याम्प तथा दीक्षान्त समारोह आयोजना गरिएको हो । सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्काउटमा दीक्षित भएका विद्यार्थीलाई दीक्षित गरिएको  छ भने दुई दिने विन्टर क्याम्पको सुरुवात भएको छ । 
fdfe16b0-2012-4f74-8b79-1efaaff6cc1a
कार्यक्रममा बोल्दै सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक लुइँटेलले विद्यार्थीलाई सामाजिक कार्यक्रममा भूमिका बढाउन र अनुशासनमा राख्नको लागि स्काउट प्रशिक्षणले भूमिका खेल्ने बताए ।  स्काउट प्रशिक्षण पूरा गरेपछि  दुई दिन एक रातको विन्टर क्याम्पको नियमन अनुसार विद्यार्थीहरू विद्यालयमा नै बसेर प्रशिक्षण लिनु पर्ने हुन्छ । यो अवधिमा विद्यार्थीले स्कुलमा नै बसेर विपद्, जोखिम व्यवस्थापन, समूह कार्य लगायतका अभ्यास गर्नेछन्  । 
स्काउट दलको प्रशिक्षक प्रल्हाद राजवंशीले पोसाक लगाएर हिँड्ने मात्रै नभई समाजका समस्यामा सँगसँगै रहने बताए ।  प्रदेश ज्याम्बोरेटमा पालिका स्तरीय कतिपय प्रतिस्पर्धा हुने भएकोले त्यसमा पनि पालिका स्तरीय स्काउट सँगसँगै प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए । 
02eae855-2efc-44d1-895a-7d31659f9345
ग्रामथान गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष यादव खतिवडाले नैतिक शिक्षाको रूपमा स्काउट शिक्षालाई नै अघि सार्नु पर्नेमा जोड दिए । ‘हिजोका दिनमा नैतिक शिक्षा पढाई हुन्थ्यो, उनले भने, अहिले विद्यार्थीमा नैतिक शिक्षा हराउँदै गएको छ, अब यस्ता स्काउटहरू मार्फत नै विद्यार्थी कसरी नैतिकवान् भन्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।’
54ca43e3-d951-48f6-9538-eaee3a553fbb (1)
ग्रामथान गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा अधिकृत भिमप्रसाद न्यौपानेले औपचारिक पोसाक भन्दा पनि त्यसलाई सामाजिक भूमिका कसरी निर्वाह गर्ने भन्नेमा केन्द्रित हुनु पर्नेमा जोड दिए । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले गाउँपालिकाका सबै विद्यालयहरूमा  स्काउट शिक्षा पुर्‍याउन सक्नु पर्नै बताए  । 
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सरदारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, स्काउटका विद्यार्थीहरु सहभागी थिए ।