सुनसरी । धनकुटाको हाम्रो राजारानी भेट्रान क्लब पांचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली बर्मिक नाम्फिङ भेट्रान सिक्किम भारतलाई पेनाल्टी सुटआउमा ५–४ गोल अन्तरले पराजित गर्दै राजारानीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी समय अभावको कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा राजारानीको तर्फबाट कृष्ण शाक्य, मित्र बस्नेत, सन्तोष बस्नेत, सुजित राई र भेषराज लिम्बु सहित पांचै जनाको प्रहार गोलमा परिणत भएको थियो । सिक्किम टिमको तर्फबाट भुपेन्द्र लिम्बु, रमेश क्षेत्री र मिलन लिम्बुले मात्र पेनाल्टीमा गोल गर्न सके । दावा ज्याङपो भुदाको प्रहार बारमा लागेर फर्कियो ।
त्यसअघि निर्धारित समयको सुरुवाती तेस्रो मिनेटमा कृष्ण शाक्यको गोलबाट राजारानीले अग्रता बनाएको थियो ।
उनले पेनाल्टी मार्फत गोल गरेका थिए । ११ औं मिनेटमा दावा ज्याङपो भुदाले गोल फर्काएपछी खेल १–१ को बराबरीमा आएको थियो । तेह्रौ मिनेटमा शाक्यले ब्यक्तिगत दोस्रो गोल गरेपनि सिक्मिमका भुदाले पनि दोस्रो गोल फर्काएपछी निर्धारित समयमा खेल २–२ को बराबरीमा टुङगिएको थियो ।
खेलको म्यानअफद म्याच राजारानीका कृष्ण शाक्य घोषित हुदै नगद २ हजार १ सय रुपैया हात पारे ।
म्ांगलबार हुने अन्तिम क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रान क्लब झापा र टिवाई वाइसी भेट्रान बिराटनगरबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।