सुनसरी । तराईका जिल्लामा अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बनेसँगै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले विभिन्न चोक तथा स्थानहरूमा दाउरा वितरण गरेको छ ।
शीत लहर सहितको जाडोले तराई क्षेत्रको जनजीवन प्रभावित बनेसँगै आगो ताप्नको लागि सर्वसाधारणलाई दाउरा वितरण गरेको सशस्त्र प्रहरी उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिनुभयो ।
तराईमा विगत केही दिनयता बाक्लो हुस्सु र सित लहरको कारण जन– जीवन कष्टकर बनेपछि सुनसरीका अधिकांश स्थानीय तहले आज र भोली विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।