सुनसरी । गृहमन्त्रीले पूर्वका सांसदहरुसँग पाथीभरा क्षेत्रमा नो केबलकार आन्दोलनका विषयमा छलफल गर्ने भएका छन् । 

पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको विरोधमा आन्दोलन चर्किदै गएपछि गृहमन्त्री रमेश लेखकले पूर्वी पहाडका सांसदहरूसँग गर्न लागेका हुन । 

गृहमन्त्री लेखकले पूर्वका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभा सदस्यहरूलाई छलफलमा बोलाएका हुन । आज साँझ ५ बजे छलफलका लागि गृहमन्त्रालयमा बोलाइएको छ । 

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । आन्दोलनरत पक्षसँग वार्ता एवं स्थिति थप तनाव हुन नदिन सरकारको तर्फबाट पहलस्वरूप गृहमन्त्रीले छलफल गर्न लागेको जनाइएको छ ।