सुनसरी । पूर्वराष्टपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा पर्याप्त लगानी भए पनि अपेक्षाकृतरुपमा सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ ।
इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८ औँ स्थापना दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा लगानी गरेअनुसारको शैक्षिक प्रणालीमा सुधार नभएको बताउनुभयो ।
शैक्षिक क्षेत्रको सुधारका लागि सबैको समन्वय आवश्यक रहेको उहाँको भनाई थियो ।
कोसी प्रदेश विश्वको सर्वोच्च शिखर सगरमाथा देखी होचो स्थान केचनाकबल रहेको स्थान भएकाले उसबाट उल्लेख्य फाइदा लिन सक्नुपर्ने भण्डारीले बताउनुभयो ।
सांस्कृतिक र प्राकृतिकरुपमा सम्पन्न कोसी प्रदेशको श्रोत र साधनलाई उपयोग गर्न आवश्यक पर्ने जनशक्ति शिक्षा क्षेत्रबाट प्राप्त हुनेभएकोले त्यसतर्फ ध्यान दिनुपर्ने भण्डारीले बताउनुभयो ।
भण्डारीले शिक्षा प्रणालीले स्थानीय आवश्यकता र विश्वव्यापी प्रतिस्पर्धा दुवैलाई ध्यान दिनुपर्ने बताउँदै शिक्षाले विद्यार्थीहरूलाई रोजगारमूलक र प्राविधिक शिक्षातर्फ आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले विद्यालयको विकासमा उल्लेख्य योगदान पुर्‍याउने शिक्षक, अभिभावक तथा समाजसेवीहरूलाई सम्मान गर्नुभयो ।