विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण सुरु भएको विरोधमा सुरु भएको आन्दोलनले पूर्वी पहाडी जिल्लाको जन जीवन कस्ष्टकार भएको छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गरिनु हुँदैन भन्दै नो केबलकार भन्दै सुरु भएको आन्दोलनका कारण माघ १५ गते देखि सवारीका साधन चल्न सकेका छैनन् । मेची राजमार्ग र तमोर कोरिडोर बन्दका कारण ताप्लेजुङ, पाँचथर र इलाममा सवारीका साधन चल्न सकेका छैनन् । बन्दका कारण दैनिक उपभोग्य सामाग्री जिल्लामा भित्रिन सकेका छैनन् भने जिल्लामा उत्पादन भएका कृषि उत्पादनमा समेत ढुवानी हुन सकेको छैन । 
यसैबिच केबलकार निर्माणको विरोध गर्दा प्रहरीले दमन गरेको भन्दै नो केबलकार समूहको समर्थनमा मुक्कुमलुङ्ग  संरक्षण अन्तर दलीय सङ्घर्ष समितिले अरुण पूर्वका नौ जिल्ला समेत बन्दको आव्हान गरेको  छ । मञ्च सम्बद्ध संघिया लोकतान्त्रिक राष्ट्रिय मञ्च,पहिचानवादी मोर्चा,राष्ट्रिय मुक्त पाटी लगायतका  विभिन्न राजनीतिक माघ २० र २१ गते अरुण पूर्वका नौ जिल्ला बन्दको आव्हान गरेका हुन् । किराँतीहरूको आस्थाको केन्द्र पाथिभार मुक्कुमलुङ्गमा सास्कृतीक अतिक्रमण सुरु भएको भन्दै ती राजनीतिक दलले बन्दको आव्हान गरेका छन् । 
पाथीभरा क्षेत्र किराँतीहरूको आस्थाको केन्द्र भएको भन्दै त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर लामो समयदेखि विरोध हुँदै आएको छ । विरोधका बावजुत पनि निर्माण कम्पनीले केबलकार निर्माणको काम थालेपछि नो केबलकार समूह निर्माणमा अवरोध गर्न पुगेको थियो ।  केबलकार निर्माणमा अवरोध गर्न पुगेको समूह र प्रहरी बिच झडप हुँदा प्रहरीको गोली लागि ४ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।
निर्माण कार्यक्रम अवरोध गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको आन्दोलनरत पक्षले जनाएको छ । पाथीभरालाई किराँतीहरूले मुक्कुमलुंगमा भन्ने गर्छन् । मुक्कुमलुंग उनीहरूको मुन्धुमी आस्थाको केन्द्रको  रूपमा मान्ने गरेका छन् । 
बन्दको विकल्प खोज्न यातायात व्यवसायीको माग  

लगातारको बन्दका कारण यातायात व्यवसायी र मजदुरहरू मारमा परेको भन्दै बन्दको विकल्प खोज्न यातायात व्यवसायीहरूले माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता संवादबाट निकास निकाल्न आन्दोलनरत पक्ष र सरकारसँग माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश अखिल नेपाल यातायात  मजुर सङ्घ, कोशी प्रदेश नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी प्रदेशले , नेपाल यातायात मजदुर सङ्घ,कोशी प्रदेशले संयुक्त विज्ञप्ति जारी गर्दै  व्यवसायीहरू र सवारीमा कार्यरत मजदुर तथा यसमा आश्रित परिवारको अवस्था दयनीय बन्दै गएको बताएका छन् । विज्ञप्तिमा निरन्तरको बन्दले व्यवसायीहरूले मासिक रूपमा व्यहोर्नु पर्ने आर्थिक दायित्वको भार थेग्न नसक्ने अवस्था सिर्जना हुँदै गएकाले बन्द आह्वानकर्ताले बन्दको विकल्प खोज्न माग गरिएका छ ।