विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति  युवा पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको २७ आै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । १५ हजार राशिको पुरस्कार हरेक वर्ष प्रेस चौतारीको स्थापना दिवसको अवसरमा क्रियाशील युवा पत्रकारलाई  प्रदान गर्ने गरिएको छ । सोही अवसरमा चौतारीमा रहेर पिएचडी गर्ने दुई जनालाई सम्मानित गरिएको छ । डा. डिल्ली पोखरेल र डा. धर्म ढकाललाई सम्मानित गरिएको हो । 

कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सरकारले पत्रकारितासँग जोडिएका समस्या समाधान गर्न कानुनको विधेयकको ड्राफ्ट आइसकेको बताए ।

उनले प्रदेश आम सञ्चारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस भएकोले अबको केही दिन भित्रै पारित भएर कार्यान्वयनमा जाने बताए  । अब पत्रकारिता क्षेत्रको विकासको लागि काम भइरहेको बताए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष बाबुराम कार्की, प्रेस चौतारी सचिव विक्रम लुइँटेल, पत्रकार सम्बद्ध पत्रकार सङ्घ सङ्गठनका नेताहरूले स्थापना दिवसको शुभकामना दिएका थिए ।