सुनसरी । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रादेशिक आमसञ्चार विधेयकमा कमीकमजोरी भए सच्याएर सहमतिमै पारित हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । 

प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कार्कीले विधेयकमाथि पर्याप्त छलफल गरी आवश्यक सुधार गर्न सकिने बताए । 

फरक प्रसंगमा, मुख्यमन्त्री कार्कीले प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरु निर्माणको काम सुरु गरिएको जानकारी दिए । प्रदेशको विकासका लागि सरकारले विभिन्न योजनाहरु सुरु गरिएको उनले बताए । 

प्रदेश सरकारले कोशी प्रदेशका विभिन्न २९ वटा पालिका जोड्ने गरीको ४ वटा पदमार्ग निर्माणको काम दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिए । यसले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने उनको भनाई छ ।